अहिलेको यो युगमा
अंग्रजी भाषाको महत्व निकै छ| भर्खरै जन्मेका बच्चाहरु नि अंग्रेजीमा नै ता-ता र
तु-तु गरिरहेका हुन्छन्| गाडीका खलासी, रिक्सा चालक देखि लिएर अन्य साधारण लेखपढ
गरेका मान्छेहरु नि टुटे-फुटेकै भए पनि अंग्रेजीमा नै बोल्न रुचाउँछन्|
तर त्यहि कुरा स्कुले बिद्यार्थीहरुमा चाहिँ लागु हुदैन|
त्यो भनिन्छ नि ‘टिन एजर्स’ युवाहरुलाई जे गर्नु भन्यो, त्यसको ठिक उल्टो काम गर्न
अग्रसर हुन्छन्|
अब बेसी
दायाँ-बायाँको भूमिका नबाँधि आफ्नो कहानी तर्फ अगाडी बढौँ| यसमा म छु (सधैँझै),
अनि मेरी सुन्दर अंग्रेजी प्रोफेसर| मैले भर्खरै एउटा प्रतिष्ठित विश्वविद्यालयमा
‘मेजर इंग्लिस’ लिएर भर्ना भएको थिएँ| त्यो दिन मलाई अझै पनि याद छ, ४ नोवेम्बर,
‘युनिभर्सिटी’ मा मेरो पहिलो दिन| नयाँ ठाउँ, नयाँ भवन, नयाँ अनुहारहरु! र सायद
त्यहाँ अरुलाई चाहिँ म नयाँ लागेर होला,
सबैको आँखा म माथि थियो| मलाई त्यहाँ सबै कुरा अनौठो लागिरहेको थियो| म
भित्र-भित्रै खुशी पनि थिएँ अनि ‘नर्भस’ पनि! खै एक किसिमको डर पनि थियो मनमा|
म सरासर आफ्नो
कक्षा कोठामा प्रवेश गरेँ| त्यहाँ मैले थुप्रै अपरिचित मुहारहरु देखेँ| सबै
एक-अर्काबाट भिन्न थिए| म अगाडिको एउटा कुर्सीमा गएर बसेँ| केहि बेरमा प्रोफेसरहरु
आउन थाल्नु भयो| पहिलाको एउटा ‘क्लास’ त ठिकै थियो, पढ्न नि एकदम मज्जा आइरहेको
थियो| तर त्यसपछिका ‘क्लास’ हरु यस्तो अल्छी लाग्दो थियो कि, म त निदाएछु नै!
तेस्रो ‘क्लास’ को लागि एउटा प्रोफेसर कक्षामा प्रवेश गर्नु भयो| उनको शिरमा केशको
नाममा केहि अंशमा मात्र बाँकी थियो र त्यो देखेर म खितिति हाँस्न थालेछु| अनि त्यो
खडुस प्रोफेसर पनि कस्तो त यार, जाबो यति कुराको लागि मलाई कक्षाबाट निकालि दियो|
मनमा प्रचण्ड रोष थियो त्यो प्रोफेसर प्रति| “क्लासको पहिलो दिन नै कक्षा देखि
बाहिर!”, अहिले त्यो घटना सम्झेर हाँसो आउँछ|
तर यो कथा भने न
त, निन्द्रा लगाउने प्रोफेसरको थियो, न त त्यो तालुखुइले प्रोफेसरको जसले मलाई
कक्षा देखि बाहिर निकाल्यो| यो कथा त मेरी अंग्रेजी प्रोफेसरको हो, जसको ‘क्लास’
त्यसपछि रहेछ| वहाँ कक्षा कोठा भित्र प्रवेश गर्नु भयो| त्यो भन्दा अगाडी त मलाई वहाँ हामी जस्तै कुनै विद्यार्थी होला जस्तो लागेको
थियो| वहाँको त्यो ‘क्याट वक’ जस्तो चाल, घायल बनाउने गरिका ति नशालु नयन र त्यो
सुमधुर मुस्कान! म त वहाँलाई हेरेको हेरेकै भएछु| वहाँ त भर्खरकी युवती हुनुहुन्थ्यो|
म वहाँको पछि-पछि कक्षाकोठामा पसेँ| म मात्र कक्षामा अन्तिममा प्रवेश गरेको हुनाले
पनि होला, म त्यहाँ ‘हाईलाइटेड’ भएछु| वहाँले मेरो परिचय माग्नु भयो अनि ढिला
आउनुको कारण सोध्नु भयो| तर मैले वहाँलाई ढाँटे र मलाई कक्षाबाट निकालिएको कुरा
पनि लुकाए, उल्टै म त्यो प्रोफेसरलाई सघाउनगएको थिएँ भनेँ| त्यो अंग्रेजीमा भनिन्छ
नि “First Impression Is Last Impression” भनेर! हो, त्यहि राम्रो प्रवाभ पर्न गयो मेरी अंग्रेजी
प्रोफेसर माथि मेरो|