मेरो फेसबुक प्रेम



परेवाको खुट्टामा पत्र बाँधेर पठाउने, त्यसपछि हुलाकको माध्यमबाट पत्र पठाउने जमाना त ति पुराना प्रेमीहरुसंगै गयो| अझ अहिले त, फोन र एस्. एम्. एस्. को पनि त्यति महत्व छैन जति अहिले ‘फेसबुक’ को छ| सबै प्रेमीहरुको एकमात्र संचार स्रोत अहिले ‘फेसबुक’ नै बनेको छ| त्यसैले अरुजस्तै म पनि ‘फेसबुक’ फ्यान हो|

म आफ्नै कक्षाको एउटी केटीलाई असाध्यै मन पराउँछु| तर, हामी बीच त्यति कुरा हुँदैन थियो| मैले उसलाई एकदिन फेसबुकमा भेटेँ, अनि ‘एड’ गरेँ| उसले पनि मलाई ‘एड’ गरिछिन्| त्यसपछि मैले पहिलो पल्ट फेसबुकको माध्यमबाट खुलेर उसंगकुरा गर्ने मौका पाँए| मैले उसको हालखबर सोधेँ, उसको बारेमा अझ बेसी जानकारी लिएँ अनि उसंग ‘फ्लार्ट’ गर्न थालेँ| उसले पनि कुनै नकारात्मक प्रतिकृया नदिएकोले गर्दा मेरो हौसला अझै बुलन्द भयो|

म उसंग फेसबुकमा दिनहुँ जसो कुरा गर्थेँ, तर कक्षामा भने न त म उसंग बोल्थेँ, न त उनी मसंग बोल्थिन्| मेरो उसंगको बोलचाल फेसबुकसम्म मात्र सिमित थियो| अरुहरुले भने बमोजिम म अलिक डरपोक किसिमको मान्छे छु रे! तर मैले यसलाई आफ्नो ‘एटिट्युड’ भनेर ढाकछोप गर्ने गरेको छु| आखिर के नै पो गर्न सकिन्छ र! यो सब ता केवल भन्न र सुन्न मात्र सजिलो हुन्छ|

मलाई पनि लाग्थ्यो कि त्यहि क्षण गएर उसलाई आफ्नो ‘वानसाइडेड लभ’ व्यक्त गरौँ| पछि अलि डर पनि लाग्थ्यो| साथै म यो उल्झनमा पर्थेँ कि ‘इन्टरनेट’ बाटको प्रेम सफल होला र!? तर फेरि मेरो पनि मनै त हो| हात लागेको मौका यति चाँडो कहाँ छोड्न चाहन्छ र! त्यति खेर त त्यो मेरो प्रेम थियो कि, केवल आकर्षण या त्यो एउटा भ्रम थियो, जसबाट म अरुलाई केवल देखाउन मात्र चाहन्थेँ, भनेर छुट्याउनै सक्दिन थिएँ|

मेरो प्रेम कथा यसरी नै अधुरै फेसबुकमा अड्कियो| अहिले त उनी अरु कसैकी ‘गर्लफ्रेन्ड’ भएकी छिन् रे| उनले एकपटक पनि मेरो बारेमा सोचिनन्| तर ठिकै छ, गल्ती सबै मेरो नै हो| मैले फेसबुकमा मात्र ‘फ्लार्ट’ गर्नुको साटो उसलाई प्रेम प्रस्ताव राखेको भए, मेरो प्रेम सफल हुने थियो होला|

तैपनि पुराना पागल प्रेमीहरु त मरेर “अमर प्रेमी” बन्न पुगे र उनीहरुको प्रेम “अमर प्रेम” भनिन पुग्यो तर, मेरो प्रेममा त कसैको पनि अन्त्य नभई त्यसलाई “अधुरो फेसबुक अमर प्रेम” भनिन्छ होला| हा...हा... ;)