पाठक वृन्द मैले
यो “कृativitइ” कथा
संग्रहमा भएका कृतिहरुबाट विशेषतः आजको युवाको आवस्था, उनीहरुका समस्या,
मानिसहरुको सोच, सामाजिक विकृतिहरु साथै
युवा मनोविज्ञानलाई केहि हदसम्म दर्साउन खोजेको छु|
मेरो प्रेरणा वि. पि. कोइराला हुन्| वि. पि. कोइरालालाई यौन मनोवैज्ञानिक कथाकार भनिन्छ| खै त्यस्तो के विशेष थियो ति बुढामा, जो उनका सारा
कृतिहरु प्रख्यात छन्| उनका शब्द मिठास
देख्दा, भित्रै देखि एक प्रकारको ईर्ष्या भाव आउने गर्थ्यो|
आफ्ना सोच र कल्पनालाई शब्दमा उतार्न, यी दुवै बिचको तालमेल मिलाउन जरुरी हुन्छ| साहित्यको गहिराइमा डुबेपछि मात्र त्यसको सुख महसुस हुन्छ| साहित्य एक किसिमको नशा नै हो|
यौवनस्थामा प्रेम, यौन, विपरित लिंगी प्रतिको आकर्षण जस्ता कुराहरुलाई लिएर निकै नै उत्सुक हुन्छन् आजका ठिटा-ठिटीहरु| तर यो अवस्थामा प्रेम र आकर्षण साथै यौन तृष्णा र प्रेम बिचको अन्तर छुट्याउन नि त्यतिकै गाह्रो हुन्छ| कोहि मान्छेहरु यी सबै चुनौतिहरु पार गर्दै आफ्नो लक्ष्य पुरा गर्छन् त कोहि भने आफूले जवानीको जोशमा गरेको गल्तीहरुको शिकार हुन जान्छन्| त्यसकारण, जीवनको हरेक खुड्किलोमा समालिनु अत्यन्त आवश्यक हुन्छ|
अन्ततः मलाई जुनसुकै तवरले सहयोग गर्नु हुने सम्पूर्ण
शुभचिन्तकहरुमा आभार व्यक्त गर्दछु| साथै मेरा कृतिहरु नि सबैलाई मन पर्ने नै छन्
भन्ने आशा गर्दछु र कुनै भाषिक तथा
शाब्दिक त्रुटी हुन गएमा माफ गरिदिनुहोला|
धन्यवाद!