स्पस्टिकरण



यस ब्लगमा रहेका कथाहरुमा युवाहरुको मनोविज्ञानलाई प्रस्ट्याउनु खोजिएको छ| त्यसकारण यहाँ युवावर्गको नजरियाबाट यौवन, प्रेम, यौन, मित्रता, सामाजिक स्थिति र भविष्य जस्ता विषयहरुमा चर्चा गरिएको छ| र यस संग्रहमा समावेश गरिएका कतिपय कृतिहरु केटाकेटीहरुका लागि उपयुक्त नहोलान्, किनकी उनीहरुमा राम्रो भन्दा नराम्रो कुराहरु छिट्टो टिप्ने प्रवृत्ति हुन्छ| त्यसैले कृपया यस संग्रहमा रहेका  मध्ये “16+” भनेर उल्लेख गरिएका कृतिहरु  16+ ले मात्र पढ्नु होला!

सबै कथाहरुमा पत्रहरु काल्पनिक मात्र हुन्| यहाँ मैले, म र ऊ जस्ता नाम प्रयोग गरेर आफू स्वयंको कथा उत्कथन गरेको नभएर सबै काल्पनिक मात्र रहेको कुरा प्रस्ट्याउन चाहन्छु|

तर हरेक कथाबाट केहि सन्देश दिन खोजिएको छ| हरेक कृतिमा आवाज छ, कृपया सुनिदिनु होला, पक्कै पनि उपयोगी नै हुनेछ!

यी मध्ये कुनै पनि कथा, कसैको जीवनसंग मेल खाएमा संयोग मात्र हुनेछ|