खै किन हो कुन्नी अरुले
तिम्रो बारेमा नराम्रो भन्दिदा मन चसक्क चस्किन्छ| मनमा त्यो मान्छे प्रति रोष भाव
आउँछ| सायद समय र परिस्तिथि कै कारणले गर्दा पनि उनि मलाई स्वीकार्न सकिरहेकी
छैनन्| तर यो कुनै शारिरिक आकर्षण नभएर मेरो साँचो प्रेम हो, जसलाई म एक किसिमको
पुजाको रुपमा लिने गरेको छु| उनी त मेरी परी हुन्| उनमा शालीनता र संयमता निकै छ| उनले
आफ्नो जिन्दगीका थुप्रै दुखद घडीहरु पार गरिसकेकी छिन्| तर पनि उनि अझै टुटेकी
छैनन्, उनको जोस् अझै जीवित छ उनीसंग| तर
प्रेमको नाम सुनेर चै के हुन जान्छ कोनी उनलाई! केहि भएको थियो होला उनको अतितमा|
तर सबै उनको अतित जस्तो कठोर हुन्न भनेर कसरी सम्झाउने उनलाई अब?
हुन त उनि एउटी नारी परिन्|
मैले यो भनेर नारीको उपहास चै कदापी गर्न खोज्या हैन नि! जे जति नै समानताका कुरा
गरे पनि, जति नै लैंगिक विभेद अन्त्यका नारा लगाए पनि र जति नै महिला ससक्तिकरणको
बिगुल बजाए पनि नेपाली समाजमा नारीहरु दायित्व, मर्यादा, कर्तव्य, रिति-रिवाज,
ईज्जत, आदि थुप्रै कुराहरुबाट बाधिएकी हुन्छिन्| त्यै नारी जसलाई हामी कहिले आमा,
कहिले दिदी / बहिनी, कहिले प्रेमिका, कहिले श्रीमती त कहिले छोरी भनेर भन्छौँ, अनि
उनीहरु बाट आफ्नो कर्तव्य निर्वाह र दायित्व पूर्तिको इच्छा राख्छौँ तर जब उनीहरु
को अधिकार र हक-हितको कुरा आउँछ तब अझै पनि नेपालको कति ठाउँमा नारीहरुलाई पछाडी
पारिन्छ| उनीहरुलाई अगाडि बढ्ने अवसर नै प्रदान गरिँदैन| हो...येस्तै येस्तै सोच
आउथ्यो मेरो मनमा कोहि कोहि बेला त!
आजकल मन यसरी नै अशान्त
रहने गरेको छ| मनमा अनेकौँ कुराहरु आउँछन्| जुनै बेला सोच्छु, मैले उनलाई असाध्यै
धेरै माया गर्छु तर यसको मतलव यो हैन कि उनले पनि मलाई माया गर्नै पर्छ! यसलाई नै
त निस्वार्थी माया भनिन्छ होला नि, हैन र? तर फेरि मनको अर्को कुनाबाट भन्छ, ‘प्रेमलाई
प्रेम तब भनिन्छ, जब दुवै पक्षहरु सोइच्छाले राजी-खुसि एक अर्कालाई मन पराइन्छ|
कोहि कोहि बेला त लाग्छ मैले अहिले सम्म पनि उनको मन जित्न सकेको छैन|
अहिले म आफुले, आफुलाई र
अरुलाई देखाउन भए पनि हाँसी – खुशी उसलाई भुलाए जस्तो गरेर बसिरहेको हुन्छु| तर
जसलाई यो मुटुमा बास दिइएको हुदोँ रहिछ उसलाई त भुलाएको नाटक गर्न नि गारो पर्दो
रहेछ! सधैँ फेसबुक र मिगमा बस्नुको कारण नि तिमी अनलाइन छौ कि छैनौ भनेर हेर्ने
मात्र हुन्थ्यो| तिमीलाई अनलाइन भेटेर एकछिन च्याट गर्न मौका पाउँदा मन निकै प्रफुल्लित
हुन्थ्यो| हुन त हामी प्रेमी – प्रेमिका
नबने पनि हाम्रो एउटा अटुट मित्रताको आभास हुन्छ मलाई! मेरो साथीले मलाई
सम्झाइराख्छ, पढ्नु पर्छ यताउति भनेर| तर साचैँ भन्नु पर्दा मलाई त सम्मोहित भएको
महसुस हुन्छ, ध्यान नै लाग्दैन कुनै अरु चिजमा! मनमा विचित्र उथल-पुथल भइरहेकोछ..............