एल यु एस टि – लस्ट



म कलेजमा प्राय जसो नियमित थिएँ| तर, खै कुन्नी त्यो दिन के भयो, म कलेज आउने स्थितिमा थिइन र अरु कुनै साथीबाट ‘नोट्स’ लाग्छु भनेर बसेँ| तर, कलेज विभिन्न कारणवश आगामी १५ दिनसम्म नखुल्ने भयो| त्यसपछि, मैले मेरो एउटा साथीलाई फोन गरेर ‘नोट्स’ को बारेमा सोध्दा, उसंग नभएको तर सायद उनीसंग छ होला भनेर उसको एउटा केटी साथीको फोन नम्बर दियो|


पछि, मैले उनलाई फोन गरेर ‘नोट्स’ मागेँ| उनले ‘नोट्स’ लिन उनको घर आउन भनिन्| म पनि उनले भनेझैँ उनको घरमा गएँ| उनले मेरो राम्रैसंग खातिरदारी गरिन्| त्यसपछि मैले उनलाई ‘नोट्स’ मागेँ, तर उनले “अहिले के को हतार छ र!” भनिन्| त्यति भनेर उनि भित्र कोठा तिर लागिन्| म पनि टि.भि. खोलेर हेर्न थालेँ|



त्यसपछि त म आफ्नो होसोहवासमा थिइन| म अवाक भएँ| म के गर्ने र के नगर्ने भन्ने कुरामा अड्किएँ| मलाई लाग्छ त्यो क्षण मेरो सोच्ने क्षमताको अन्त्य भएको थियो| उनी पूर्ण प्राकृतिक अवस्थामा आफ्नो कक्ष देखि निस्किएकी थिइन्| उनका ति पोटिला वक्षस्थल, रसिला ओठ र चट्ट मिलेको शारिरिक बनावट देख्दा मन आफैँमा उत्तेजित भएर आउँथ्यो| उनी पुरै नग्न अवस्थामा थिइन्| मलाई त कुनै अश्लिल चलचित्र ‘थ्रि-डि’ मा हेरेको अनुभव भइरहेको थियो| मा उनको शारिरिक ताप र शारिरिक सुवास महसुस गर्न सक्थेँ| उनी मेरो निकै नै नजिक आएर टाँसिन्| खै उनि माथि केको भूत सवार थियो त्यो क्षण| उनी नजिक आएर मलाई अङ्कमाल गरिन् अनि बिस्तारै-बिस्तारै मेरो गाला र ओठ चुम्न थालिन्| सुरु-सुरुमा त मैले उनलाई टाढा राख्न खोजेँ तर पछि म पनि उत्तेजित हुन पुगेछु| उनको चुम्बनमा स्वर्गीय नशा थियो| मैले पनि उनको यौवन-रसको सुख भोग गरेँ| मेरा हातहरु उनको जिउभरी सल्बलाउन थाले| मेरा हातहरु उनका अङ्गहरु संग रम्न थाले| म आफुलाई सम्हाल्न नै सकिरहेको थिइन|



उनलाई त अझै चित्त बुझेको थिएन| उनी त यो सबैको चरम बिन्दुमा नै पुग्न चाहन्थिन्| तर, यस्तो केही हुनु भन्दा पहिला नै मलाई होस आयो| म त्यति बेला अलिक डराएको पनि थिएँ| तैपनि मैले उनलाई आँट गरेर ढकेलेँ, अनि आफूबाट अलग गरेँ| त्यतिखेर मलाई होस भयो कि मेरो जिउमा ‘टि-सर्ट’ थिएन| मैले हत्तपत्त तल खसेको ‘टि-सर्ट’ उठाएर लगाएँ, अनि त्यहाँ देखि फुत्त निस्केर हिडेँ| उनले सायद पछाडी देखि आवाज दिँदै थिइन्, तर मैले वास्ता गरिन| म सरासर आफ्नो ‘अपार्टमेन्ट’ तर्फ लागेँ||



मेरो मन निकै अशान्त थियो| मनको कुनै कुनामा खुशी थियो, कुनैमा दुःख त कुनै कुनामा डर पनि थियो| तर साँच्चै भन्नु पर्दा, उनीसंगको त्यो अनुभव अन्य सम्पूर्ण सांसारिक सुख भन्दा उत्कृष्ट थियो| जब म निदाउनको लागि आफ्ना आँखा बन्द गर्थेँ, तब उनको नग्न शरिर मेरो आँखा अगाडि आँउथ्यो| म आफ्ना हातहरु उनको शरिरभरि सल्बलाएको अझै महसुस गर्न सक्थेँ| त्यति बेला मेरो यौन तृष्णा अझै जागेर आउँथ्यो|



मैले उनलाई आफ्नो मन-मस्तिष्कबाट सधैँका लागि टाढा गर्न अथक प्रयासहरु गरेँ| अन्ततः जित मेरै भयो| समयको अन्तरालसंगै उनलाई मैले भुलाई सकेको थिएँ| पछि, साथीहरुबाट थाहा पाउँदा त उनले मेरै एउटा साथीलाई आफ्नो यौन तृष्णाको शिकार बनाइछिन्| उनले कलेजको वनभोजमा नै आफ्नो सम्पूर्ण इच्छा र चाहनाहरु पुरा गरिछिन्| मलाई यो कुरा सुनेर अलिक दुःख लाग्यो, तर फेरि पछि सोचेँ कि मलाई अरुको विषयमा के चासो र!


“आखिर आफू सफा त संसार सफा!!”