गहुँगोरो वर्ण, मझौला कद
भएकी वर्षा, अब १८ बर्सकी भइसकेकी थिइन्| उनको त्यो नशालु मुस्कानमा कलेजका सारा
ठिटाहरु लट्ठ पर्थे| विचरा, बादलले पनि आफ्नो दिल दिएछ र आफ्नो त्यो रंगिन स्वप्न
संसारमा हराउन थाल्यो| तर बादल आफ्नो मनका कुराहरु वर्षा समक्ष व्यक्त गर्न असमर्थ
थियो| आफ्नो ‘प्रेम प्रस्ताव’ राखोस् पनि
त कसरी! ऊ एक गरिब परिवारमा जन्मेको केटो अनि वर्षा राजकिय सुखसयलमा हुर्केकी
केटी! उसको बुबाले सामान्य जागिरको भरमा आफ्नो र आफ्नो परिवारको पेट मुस्किलले
पाल्ने गर्थे| भनौँ कि उसको कलेज फि देखि लिएर अन्नको एक-एक दानको पैसा केवल उसको
बुबाको जागिरमा निर्भर थियो|उनीहरु बीच आकाश-पातालको फरक छ भन्ने उसको सोच थियो| भनिन्छ, प्रेममा जात-भात, कालो-गोरो, अमिरी-गरिबी हेरिँदैन, तर असली जीवनमा यहि सबै हुँदो रहेछ| अझै पनि यस्ता अन्दविश्वसी कुराहरु र सामाजिक ‘कू’ को अन्त्य भइसकेको रहेनछ|
बादलले आफ्नो चोखो माया व्यक्त नगरे पनि, ऊ सधैँ वर्षालाई टाढाबाटै हेरेर भए पनि खुशी हुने गर्दथ्यो| वर्षा आफ्नो ‘कार’मा कलेज आउने गर्थिन् र ज्यादातर आफ्नै ‘फ्रेन्ड्स सर्कल’मा बस्ने गर्थिन्| बादल पनि अलि लजालु किसिमको भएकाले गर्दा, केटीहरु बाट अलिक टाढा नै रहने गर्थ्यो| ऊ वर्षलाई असाध्यै मन पराउँथ्यो| तर, वर्षा यो सब देखि अन्जान थिइन्| उनीहरु बोल्नु त परै जाओस्, वर्षाले उसलाई सायदै कहिल्यै ‘नोटिस’ गरेकी थिइन् होला!
कलेज सकिन लगभग दुई महिना जति बाँकी थियो होला| उसले हिम्मत जुटाएर वर्षा समक्ष आफ्ना सम्पूर्ण भावहरु एउटा पत्रको माध्यमबाट व्यक्त गर्यो र प्रेम प्रस्ताव राख्यो| तर वर्षाले उसको प्रेम प्रस्तावलाई स्वीकार गरिनन्| बरु उल्टै रिसाएर भनिन्, “केटाहरु कति स्वार्थी हुन्छन्, कुनै कतिले अलिकति राम्रो व्यवहार गरी भने साँच्चै नै प्रेम गरेको सम्झन्छन्”| तर, ऊ वर्षा बिना बाँच्न नसक्ने भएको थियो| बादल वर्षालाई ऊ कति माया गर्छ भनेर देखाउन चाहन्थ्यो| उसले वर्षको नाम आफ्नो हातमा खोपेको थियो| डेस्क-बेन्चमा उसको र वर्षाको नाम जोडेर लेखिदिन्थ्यो| उसले वर्षाका तस्विरहरु आफ्नो कोठा भरि सजाएको थियो| ऊ प्रत्येक दिन उनलाई हेर्न घर जाने गर्थ्यो र उनि बाहिर नआएसम्म फर्किदैन थियो|
एकदिन वर्षाको साथीहरुले बादललाई मर्नेगरी कुटे र अब उपरान्त उबाट टाढा रहन धम्कि दिएर गए| तर बादल त फिल्मको “पागल प्रेमी” नै भइसकेको थियो| उसले ‘टेन्सन’ लिएर चुरोट र रक्सी पनि खान थालिसकेको थियो| अहंकार र नशाको सुरमा बादलले वर्षाको पिछा गर्यो र कोहि नवएको मौका छोपेर वर्षको बलात्कार गर्यो| उसले वर्षको अस्मितासंग खेलवाड गर्यो| ऊ जसलाई त्यति धेरै माया गर्थ्यो, उसलाई आफ्नो “हवस” को सिकार बनाउन पुग्यो| त्यो बेला बादल पुरै पशु बनेको थियो| ऊ मा कुनै मानवताको भाव नै थिएन, मानौँ उसको आत्मा मरिसकेको थियो| केवल स्त्री शरीरको प्यासो उसको देह बाँकी थियो त्यहाँ!
उसका बुबा-आमा पनि भएको एक मात्र छोरोको त्यो दशा देखेर निकै नै चिन्तित थिए| उसको बुबा-आमाले उसलाई “घाँटी हेरी हाड निल्नु पर्छ”, “त्यो केटी को पछि नलाग् बाबु|” भनेर सम्झाउने लाख कोशिस गरे तर उसले केहि पनि सुन्ने र बुझ्ने कोशिस गरेन| उमाथि त मानौँ प्रेमको भूत सवार थियो|
दिनहरु यसरी नै बितिरहेका थिए कि अचानक उसको जीवनमा एउटा डरलाग्दो मोड आयो जसले उसको जीवन अस्तव्यस्त बनाइदियो| त्यो क्षण कल्पना गर्दा समेत आङ् जिरिङ्ग भएर आउँछ| उसको बुबाको दुर्घटनामा परि असामहिक निधन भयो| उनीहरुको एक मात्र आशा स्तम्भ ढल्न पुग्यो| बादल आफ्नो बुबाको शोकमा निकै नै डुबेको कारण, मानौँ “अर्धपागल” नै भइसकेको थियो| उसको बुबाको शोकमा उसको आमा निकै बिरामी हुन पुगिन्| उनको अवस्था दिन प्रति दिन जिर्ण हुँदै थियो| अलि-अलि बचत खातामा भएको पैसा र बुवाको “लाइफ ईन्सुरेन्स” को पैसा पनि आमाको उपचार मै खर्च भइसकेको थियो| दुई हप्तासम्म उसकी आमा मृत्युसंग लडीन् तर जीत मृत्युको नै भयो| आखिर मृत्युसंग कसले पो जित्न सक्छ र! विधिको विधान कसले पो परिवर्तन गर्न सक्दो रहेछ र!
आज बादल टुहुरो छ| यो संसारमा ऊ एक्लै भयो| ऊ यो सबै कुराहरु पछि आफुलाई नै दोषी ठान्दछ| उसले आफ्नो बुवा-आमाको मन कति रुवायो भन्ने कुरा आज महसुस गर्दैछ, जब उसंग कोहि पनि छैनन्| उसले वर्षा माथि गरेको अत्याचारको पनि क्षमा माग्न चाहन्छ| ऊ आज महसुस गर्दैछ कि, ऊ जनावर भइसकेको रहेछ| ऊ आफुले गरेको कुकर्म प्रति माफी योग्य त थिएन तैपनि ऊ पश्चाताप गर्न वर्षाको घर पुग्यो| उनीहरु त बसाई-सराई गरेर अन्तै गएका रहेछन्| पछि छिमेकीहरुसंग बुझ्दा त वर्षाले उनीहरु को भनाइहरु खप्न नसकेर आत्महत्या गरेकी रहिछिन्| उसको परिवार पनि त्यो पिडा सहन नसकेर अन्तै बसाई सरेछन्| उसलाई आफैँमाथि घृणाको भाव आउन थाल्यो| उसले गर्दा नै आज वर्षाको त्यो खुशहाल परिवारमा दुःख, पिडा, बेदना र बदनामी बाहेक अरु केहि बाँकी रहेन| उसले वर्षको मृत्युको कारण पनि आफैँलाई ठान्यो| उसको मनमा अनेक थरिका कुराहरु खेलिरहेका थिए|
उसले वर्षा संग जिउन त सकेन तर उसले गरेको पापको प्रायश्चित स्वरूप उसले आफूले मर्नु नै उचित ठान्यो| उसले चार तले भवनबाट झरेर आत्महत्या गर्न खोज्यो, तर उसलाई सामान्य चोटपटक मात्र लग्यो| त्यो भनिन्छ नि, काल नआइकन, दिन नपुगिकन मान्छे मर्दैन| एक हप्ता पछि “मृत्यु”संग हार खाएर फर्किन्छ, जीवनबाट बिरक्त भएको बादल| उसले “ड्रग्स”हरु पनि लिन थाल्छ| उसको भोक, तिर्खा, निन्द्रा, सबै हराई सकेको थियो| ऊ जब निदाउन खोज्थ्यो तब वर्षको त्यो शरीर जो आफुलाई केहि नगर्न अनुरोध गरिरहेको हुन्थ्यो, त्यो मासुम अनुहार, जसले आफुलाई छाडिदिन हार-गुहार गरिरहेको हुन्थ्यो, र वर्षका ति नयनहरुमा दर्दनाक भय, उसको नजर नजर अगाडी पाउँथ्यो| वर्षाले आफ्नो अस्मिता रक्षाको लागि बिन्ती बिसाको, उनलाई छोड्न गुहार गरेको सबै उसको कानमा गुन्जिरहन्थ्यो| डाक्टरसंग परामर्श लिँदा डाक्टरले उसलाई “ड्रग्स” को “ओवरडोज” ले गर्दा त्यस्तो भएको हुनसक्ने र अब उसंग २-३ वर्ष भएको कुरा भनेर यदि उसलाई त्यति समय बिना कुनै कष्टको बिताउनु छ भने “ड्रग्स” हरु बन्द गर्नु भनेर सुझाव दिए| तर त्यसदिन देखि ऊ लापता छ| ऊ कहाँगयो, कता गयो कसैलाई पनि थाहा छैन| कसैले भन्छन् उसले “ड्रग्स” छोड्न सकेन र मरेछ| कोहि भन्छन् उसले बिहे गरेर खुशहाल परिवार बनाएको छ| अनि मैले त यो पनि सुनेको छु कि ऊ अरुले आफूले गरेका गल्तीहरु नदोहोर्याउन भनेर परामर्श केन्द्र खोलेर बसेको छ रे, झन् अब त उसंग निकै नै कम समय छ......
“दैवको अगाडि
कसको के नै पो चल्छ र!”
उसले शारिरिक आकर्षण र प्रेम चिन्न नसकेर, आफ्नो त्यो प्रेमको घाँटी रेटी हत्या गर्यो|
जब मान्छेले प्रेम र वासना बीचको अन्तर छुट्याउन सक्दैन तब परिणाम केहि यस्तै हुन जान्छ|
उसले शारिरिक आकर्षण र प्रेम चिन्न नसकेर, आफ्नो त्यो प्रेमको घाँटी रेटी हत्या गर्यो|
जब मान्छेले प्रेम र वासना बीचको अन्तर छुट्याउन सक्दैन तब परिणाम केहि यस्तै हुन जान्छ|