म उनलाई एकोहोरो
हेरिरहेको थिएँ। उनका ति निश्चल नयन, नशालु अधर, अनि मधुर मुस्कान, लामो
केश राशि र मझौला कद। उनी स्वर्गकी अप्सरा देखिएकी थिइन्। जब उनी आफ़्ना नशालु निश्चल आँखाले पुलुक्क हेरेर मुस्काउँथिन तब म विछिप्त हुन्थें।
केश राशि र मझौला कद। उनी स्वर्गकी अप्सरा देखिएकी थिइन्। जब उनी आफ़्ना नशालु निश्चल आँखाले पुलुक्क हेरेर मुस्काउँथिन तब म विछिप्त हुन्थें।
ममा यस्तो भावना आउँथ्यो कि तत्काल गएर उनको कानमा
सुटुक्क आफ़्नो प्रेम प्रस्ताव राखौँ। उनीप्रतिको मेरो
आकर्षण दिन प्रतिदिन बढी रहेको थियो| म मनमनै उनले मेरो प्रेम प्रस्ताव स्वीकार गरेर टाउको हल्लाएको कल्पना गर्थें र
असिम आनन्दको अनुभूति संगालेर मुस्काउथेँ|
समयको अंतरालसंगै
मेरो र उनको परिचय भयो, बोलचाल र भेटघाटको क्रम पनि बढ्यो| तर, त्यतिखेर म
उनीसँगको भेटघाट र बोलचालमा सतर्कता अपनाउँथेँ|
मेरो इच्छा आफ्नो
प्रेम उनलाई व्यक्त गर्ने थियो| तर मलाई डर पनि लाग्थ्यो, यदि उनले मेरो प्रेम
प्रस्ताव अस्विकार गरिन् भने! म त्यो सहन सक्दिन
थिएँ| उनीप्रतिको आफ्नो प्रेमलाई म यथावत् राख्न चाहन्थेँ, त्यसैले उनले नकारात्मक
प्रतिकृया नदिउन् भन्ने मेरो धारणा थियो| तैपनि, म आँट गर्दै उनलाई भेट्थेँ, तर
मेरो वाणी अवरुद्ध हुन्थ्यो|
त्यसपश्चात मेरो
र उनको थुप्रै भेट भयो तर त्यो त्यति महत्वपूर्ण थिएनन्| एक दिन जो मेरो लागि एक
बिशेष दिन थियो “प्रेम दिवस”! त्यो दिन मैले उसलाई भेट्ने चाहना गर्दै घरबाट
निस्किएँ| मैले उनलाई बाटोमै भेटेँ र मैले फेरी उनीसंग हिड्ने मौका पाएँ| शायद
भगवानले पनि मेरो प्रार्थना सुनेछन् क्यार! म निकै हर्षित थिएँ साथै अलिक ‘नर्भस’
पनि| त्यो दिन म आफ्नो ‘वनसाइडेड’ प्रेम उनी समक्ष व्यक्त गर्न गइरहेको थिएँ|
त्यसैले नै मैले यो दिनलाई बिशेष मानेको थिएँ| त्यतिन्जेलसम्म सबै कुराहरु मैले
सोचे बमोजिम भैरहेको थियो|
पछि मा अलिक
धैर्यहीन भएछु| म कताबाट कुराको प्रारम्भ गर्ने भन्ने अलमलमा थिएँ, त्यतिकैमा उनले
स्वयं कुराको थालनी गरिन्| मैले पनि प्रेम र प्रेम दिवस को चर्चा सुरु गरेँ| तर
फेरी कुरा मोडियो| मा वने आज केवल प्रेमको बारेमा मात्र कुरा गर्न चाहन्थेँ| मैले
निकै सतर्कता साथ आफ्नो भावनालाई राख्ने कोशिस गरिरहेको थिएँ किनकी म त्यति बेलासम्म
रातो-पिरो भैसकेको थिएँ|
त्यसपछि मैले
आफ्नो सम्पूर्ण भावलाई मनभित्रै एउटा वाक्य बनाएर व्यक्त गर्न मुख खोलेँ, तर ति सब
मेरो ओठमा आएर टक्क अडिए| म अवाक भएँ| शायद त्यतिखेर म एउटा निर्जीव प्राणी भएको
थिएँ जसमा न त कुनै आवाज थियो, न त कुनै संकेत| उनले मेरो भावना बुझिन् या बुझिनन्,
मलाई थाहा छैन| तर त्यसपछि हामी बीच केहि कुरा भएन| मैले उनीप्रतिको आफ्नो
प्रेमलाई फेरी साँचे, कुनै दिनको लागि अथवा अर्को प्रेम दिवसको लागि, उनलाई व्यक्त
गर्न, आवश्य उनलाई नै व्यक्त गर्न...................!!
